१९ बैशाख २०८१, बुधबार
लुम्बिनी प्रदेश मुख्यमन्त्री महराले शुक्रवार विश्वासको मत लिने

  • टाइम्स संवाददाता

  • २८ चैत्र २०८०, बुधबार ०६:३८

लुम्बिनी : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले यही चैत ३० गते शुक्रबार विश्वासको मत लिनु हुने भएको छ।

मुख्यमन्त्री महराले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार दिउँसो १ बजे सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेश सभा बैठक बोलाउनु भयो छ।

महरालाई गत शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो । महरालाई गठबन्धन दल एमालेको २९, माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।
प्रदेशसभाका ८७ सांसदमध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ

Nabintech