१७ बैशाख २०८१, सोमबार
कपिलवस्तुमा करिब ३ बिघा खेतको गहुँ जलेर नष्ट

  • टाइम्स संवाददाता

  • २९ चैत्र २०८०, बिहीबार ०५:५७

कपिलवस्तु : कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर २ भैंसकुण्डा भन्ने स्थानमा गहुँ खेतमा आगलागी भएको छ । आगोमा जलेर करिब ३ बिघा खेतको गहुँ नष्ट भएको छ ।

बुधबार मध्याह्न कम्बाइन मेसिनको सहायताले गहुँ काट्ने बेला खेतमा आगो सल्किएको थियो । आगो अनियन्त्रित भएपछि गहुँ काट्ने मेसिन पनि पूर्णरुपमा जलेको छ ।

Nabintech