२० बैशाख २०८१, बिहीबार
एमबीबीएसको शुल्क ३५ लाखभन्दा बढि लिन नपाइने

  • टाइम्स संवाददाता

  • २९ चैत्र २०८०, बिहीबार ११:३२

कोहलपुर :  चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले एमबीबीएस तहको अधिकतम शुल्क ३५ लाख रुपैयाँ तोक्न सिफारिस गरेको छ । ६ वर्षपछि हिजो सार्वजनिक भएको आयोगको प्रतिवेदनमा एमबीबीएस तहको कार्यक्रमको शुल्क अधिकतम ३५ लाख रुपैयाँ तोक्ने सिफारिस गरेको हो ।

प्रतिवेदनमा ३५ लाख रुपैयाँबाहेक अरु शुल्क जस्तै परीक्षा, काउन्सिल, भर्ना, पुस्तकालय, प्रयोगशाला लगायतमा लिन नपाइने उल्लेख छ । यस्तै बीडीएस कार्यक्रमको स्नातक तहको शुल्क अधिकतम १८ लाख रुपैयाँभन्दा बढी लिन नपाइने  प्रतिवेदनमा उल्लेख छ ।

मेडिकल कलेजहरूले भर्ना सूचनामै शुल्कको विवरण र विषयगत रूपमा उपलब्ध सिटसङ्ख्या अनिवार्य खुलाउनुपर्ने आयोगको सिफारिस छ । जाँचबुझ आयोगले अनुगमनमा जाने विश्वविद्यालय वा मेडिकल काउन्सिलका प्रतिनिधिलाई भ्रमण भत्तालगायत खर्च कलेजले व्यहोर्नुपर्ने विकृति रोक्न पनि भनेको छ ।

Nabintech