२० बैशाख २०८१, बिहीबार
वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना फैलाउदै

  • टाइम्स संवाददाता

  • १ बैशाख २०८१, शनिबार १४:३५

कोहलपुर :  बाँकेको कोहलपुर वडा न १२ मसुरीखेतमा रहेको मसुरीखेत मधयवर्ती सामुदायिक वन उपभोग्ता समुहले नया बर्षको अबसरमा आज आफना उपभोग्ताहरुलाई बन डढेलो नियन्त्रण सम्बन्धीको सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक बनका अध्यक्ष लिलाराम शर्माले बनमा आगो मानबीय कारणले लाग्ने भएकोले गर्मी समयमा बन जंगल जाँदा चुरोट खाएर टठुटाहरु जथाभाबि नफाल्नको लागी आग्रह गरेका छन सानो लापरवहीले जंगलमा आगो लाग्ने हुदा सबैले सावधानी अपनाउनु पर्ने बताएका छन ।
सस्थाका कोषध्यक्ष बिन्दु खडकाले जंगलमा जथाभाबि आगो लागाउन नहुने र वन जोगाउनको लागी सबै लाग्नु पर्ने बताइन । पछिल्लो समय गर्मी बढदै जादा सबै जना सर्शक हुनु पर्ने खडरकाको भनाइ रहेको छ । मसुरीखेत मधयवर्ती सामुदायिक वन उपभोग्ता समुहले बेला बेलामा सबै उपभोग्ताहरुलाई समचेतना जगाउदै आएको छ ।

Nabintech