२० बैशाख २०८१, बिहीबार
हिउँदे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने

  • टाइम्स संवाददाता

  • २ बैशाख २०८१, आईतवार ०९:२६

काठमाण्डौ :  प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेअनुसार आज राति १२ बजेदेखि हिउँदे अधिवेशनको अन्त्य हुँदैछ । गएको माघ २२ गतेदेखि संसद्को हिउँदे अधिवेशन शुरु भएको थियो ।

Nabintech