२१ बैशाख २०८१, शुक्रबार
सामुदायिक विद्यालयको नतिजा कमजोर

  • टाइम्स संवाददाता

  • २ बैशाख २०८१, आईतवार ०९:३१

प्युठान : प्युठानका सामुदायिक विद्यालयको शैक्षिक स्थिति कमजोर देखिएको छ । कक्षा ८ को हालै प्रकाशित परीक्षाको नतिजाले जिल्लाका धेरै जसो विद्यालयको अवस्था नाजुक देखाएको हो ।

परीक्षामा सहभागी भएका सामुदायिक र निजी १३८ विद्यालयका पाँच हजार ३७३ जना विद्यार्थीमध्ये जम्मा एक हजार ७५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । प्रायः अङ्ग्रेजी, गणित र विज्ञान विषयमा विद्यार्थी अनुत्तीर्ण भएका हुन् । प्राप्त नतिजाको विवरण अनुसार विद्यार्थीको सिकाइ उपलब्धि ३३ प्रतिशत पनि नाघेको छैन ।

जिल्लाको नौ स्थानीय तहमध्ये झिमरुक, मल्लरानी र ऐरावती गाउँपालिकाका विद्यार्थीको सिकाइ उपलब्धि ५० प्रतिशत नाघ्दा प्युठान नगरपालिकाको सिकाइ उपलब्धि जम्मा ४५ प्रतिशत देखिन्छ । यस्तै सरुमारानी र माण्डवी गाउँपालिकाको शैक्षिक प्रगति ४० प्रतिशतभन्दा तल छ भने गौमुखीको ३० प्रतिशत पनि उपलब्धि देखिएन । जिल्लाको स्वर्गद्वारी नगरपालिकाको पाँच र नौबहिनी गाउँपालिकाको तीनसहित आठ विद्यालयको कक्षा ८ को नतिजा शून्य छ

गोरखापत्र अनलाइनबाट

Nabintech