१७ बैशाख २०८१, सोमबार
कैलालीको जालपादेवी केबलकार निर्माण कार्य शुरु

  • टाइम्स संवाददाता

  • ३ बैशाख २०८१, सोमबार १६:३०

कैलाली – कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको पहिलो चरणको निर्माण कार्य शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज आयोजनाको निर्माणस्थलमा पूजा गरेर निर्माण कामको शुभारम्भ गर्नुभएको हो ।

पाँच अर्ब रुपैयाँको लगानीमा निर्माण हुन लागेको केबलकारको लम्बाइ तीन किलोमिटर एक सय मिटर हुनेछ । केबलुकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेछन् । झण्डै १० मिनेटको यात्रा हुने केबलकारमा दैनिक छ हजार जना यात्रुलाई सेवा दिने क्षमता रहनेछ ।

कर्णाली नदीको चिसापानी पुल नजिकै रहेको आयोजना स्थलबाट शुरु हुने केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरव, कालिकादेवी,कैलाशधामलगायतका धार्मिकस्थल, हात्ती ढुङ्गालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ ।

Nabintech