१७ बैशाख २०८१, सोमबार
राप्ती सोनारी- राजमार्गका दुइ होटल कारवहीमा

  • टाइम्स संवाददाता

  • ४ बैशाख २०८१, मंगलवार १७:०५

बाँके : राप्ती सोनारी-१ लौकी र चपरगौडी राजमार्ग आसपासमा रहेका ६ वटा होटलहरूको स्थलगत अनुगमन गरिएको छ।

बजार अनुगमनको क्रममा न्यू मल्ल स्टाफ होटल लाई तत्काल रू १००००/- जरिवाना गरी खान नहुने अवस्थामा रहेको चुक, दुधको तर र अबैध सुर्ती गरी रू ३०००/- मूल्य बराबरको सामान जफत गरी नष्ट गरीएको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।

यस्तै जीवन प्रेम खाना तथा खाजा नास्ता होटललाई तत्काल रू १००००/- जरिवाना गरी रू ३००/- मूल्य बराबरको अबैध सुर्ती जफत गरी नष्ट गरीएको छ ।

अन्य ४ वटा होटल लगायत सबैलाई पकाउने स्थल अनिवार्यरूपमा सुधार गरी सकेसम्म भान्सा पछाडी सार्न तथा सरसफाई र स्वच्छतमा बिषेश ध्यान दिन निर्देशन दिइएको बाँके प्रशासनले जनाएको छ

Nabintech