१८ बैशाख २०८१, मंगलवार
सुदूरपश्चिममा एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्री बनाउने तयारी

  • टाइम्स संवाददाता

  • ५ बैशाख २०८१, बुधबार १३:१४

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनका दलहरु सहमत भएका छन् । प्रदेश प्रमुख नाजिर मियाँले मुख्यमन्त्रीका लागि यसअघि परेका दुवै दाबी अस्वीकृत गर्दै भोलिसम्मको समय दिएर फेरि दाबी पेस गर्न दलहरूलाई आह्वान गर्नुभएको छ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतवार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा तथा नागरिक उन्मुक्तिकै रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले माओवादी र एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए

Nabintech