१८ बैशाख २०८१, मंगलवार
२५ वर्षपछि पुनः सञ्चालनमा आयो सरस्वती सङ्गितालय

  • टाइम्स संवाददाता

  • ५ बैशाख २०८१, बुधबार १३:२०

बाँके  :  बाँकेका एक जना वरिष्ठ कलाकारको सहयोगले २५ वर्षदेखि बन्द अवस्थामा रहेको नेपालगन्जको सरस्वती सङ्गितालय  पुनः सञ्चालनमा आएको छ।

साधन र श्रोतको अभावमा लामो समयदेखि बन्द रहेको सो सङ्गीतालय सञ्चालनका लागि बाँकेका चित्रकार तथा वरिष्ठ कलाकार श्यामानन्द सिंहले आफ्नो निजी सङ्गीत सामग्रीहरू सङ्गीतालयलाई सहयोग गरेसँगै सङ्गीतालय सञ्चालनमा आएको हो ।

विगत २५ वर्षदेखि बन्द रहेको सङ्गितालय लाई स्थानीय कलाकार सिंहले आफूसँग रहेका सङ्गीत सामाग्री सहयोग गरेर सञ्चालनमा ल्याइएको सङ्गितालयका अध्यक्ष वीरेन्द्र बहादुर यादवले बताउनुभयो ।

Nabintech