१९ बैशाख २०८१, बुधबार
लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा हुरीबतासको सम्भावना

  • टाइम्स संवाददाता

  • ६ बैशाख २०८१, बिहीबार ०९:४५

कोहलपुर : लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रका केही ठाउँमा आज हुरीबतास चल्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रमा बेलुकापख हावाहुरीको जोखिम छ । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मौसम सामान्य बदली छ ।

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण केही ठाउँमा मौसम आंशिक बदली रहेको र अरु बाँकी ठाउँमा मौसम सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदलीको सम्भावना छ ।महाशाखाका अनुसार केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

Nabintech