२० बैशाख २०८१, बिहीबार
आगलागीबाट झण्डै १० बिघा जमिनको गहुँबाली नष्ट

  • टाइम्स संवाददाता

  • ७ बैशाख २०८१, शुक्रबार १०:१५

कोहलपुर:  कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा हिजो गहुँबालीमा आगलागी हुँदा झण्डै १० बिघा जमिनमा लगाएको गहुँ नष्ट भएको छ । दोधारा चाँदनी–७ बाबाथानमा हावाहुरी चल्दा रुखको हाँगा बिजुलीको तारमा खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिनुभयो ।

स्थानीय वीरसिंह सुनार, चन्द्रबहादुर सुनारसहित १५ जना किसानको गहुँबालीमा आगलागीबाट क्षति भएको छ

Nabintech