२० बैशाख २०८१, बिहीबार
नेपाल निजामति कर्मचारी सगठन बाँकेले स्थापना दिवस मनायो

  • टाइम्स संवाददाता

  • ७ बैशाख २०८१, शुक्रबार १८:५४

नेपाल निजामति कर्मचारी सगठन जिल्ला कार्य समिती बाँके आज बिबिध कार्यक्रम सहित स्थापना दिवस मनाएको छ ।
कार्यक्रमका प्रमुख अथिती कृष्ण कुमार थापाले कर्मचारीहरुको हक हितको लागी संगठन गम्भीर भएर लागेको बताएका थिए ।
सधियता सुशासन ,सामाजिक सुरक्षा श्रमिकको सम्झना राजनैतिक अधिकार सहितको टेड् युनिय हामो्र अभियान भन्ने मुलनाराका साथ स्थापना दिवस कोहलपुरमा मनाइएको छ । साथै स्थानीय सेवा बिधेक २०८० मा समेत सहभागीहरुले छलफल गरेका थिए ।

 


लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती ऐन ल्याने तयारीमा रहेको हुदा पनि बिधेक माथि छलफल गरी सुझाव दिनको लागी यो कार्यक्रम प्रभाबकारी भएको प्रदेश सचिब बिर बहादुर बिकले बताए ।
बाँके अध्यक्ष देवीलाल चौलागाईले बिधेकमा धेरै कुराहरलाई सच्चाउनु पर्ने बताएका थिए । कर्मचारीको तह बृद्धिको लागी गम्भीर भएर संगठन लाग्नु पर्ने सहभागीको धारण रहेको थियो । पेशागत महासघका उपाध्यक्ष अग्नि प्रसाद आर्चायले मस्यौदा बिधेकमा ब्यापक छलफल हुन आबश्यक रहेको बताएका थिए । कार्यक्रममा सिबिए अध्यक्ष चिरन्जीबी पाण्डे लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमको स्वागत मन्तब्य कोहलपुर नगरकमीटी अध्यक्ष प्रदिप रावतले गरेका थिए । मस्यौदा बिधेकाको बारेमा ओम बहादुर शाहीले समालोचनात्मक भनाइ राखेको थिए ।

Nabintech