२१ बैशाख २०८१, शुक्रबार
विश्व बैंकले माथिल्लो अरुण जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन गर्ने

  • टाइम्स संवाददाता

  • ८ बैशाख २०८१, शनिबार ०७:२६

काठमाण्डाै:  विश्व बैंकले सङ्खुवासभामा निर्माण हुने एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन गर्ने भएको छ ।

अमेरिका भ्रमणमा रहनुभएका अर्थमन्त्री वर्षमान पुन र विश्व बैंक उच्च नेतृत्वबीच वाशिङ्टन डीसीमा भएको वार्तामा माथिल्लो अरुणको वित्तीय व्यवस्थापनबारेमा सहमति जुटेको भ्रमण टोली सदस्य एवम् अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले जानकारी दिनुभयो । मन्त्री पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच माथिल्लो अरुणसहित विश्व बैंकको लगानीमा नेपालमा सञ्चालित आयोजनाबारे छलफल भएको हो

Nabintech