२२ बैशाख २०८१, शनिबार
नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष, एमालेले हीरक महोत्सव गर्दै

  • टाइम्स संवाददाता

  • १० बैशाख २०८१, सोमबार ०९:५७

काठमाण्डौ : नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष भएको छ । देशमा जहानियाँ राणा शासनको बेला २००६ साल वैशाख १० गते नेकपाको स्थापना भएको थियो । पुष्पलाल श्रेष्ठको नेतृत्वमा भारतको कोलकातामा नीरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेको नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो ।

स्थापनाकालदेखि नै कम्युनिष्ट पार्टीभित्र विवाद र फुट शुरु भएको थियो । कम्युनिष्टहरू पहिलोपटक २०१७ सालमा राजा महेन्द्रको कदमलाई लिएर विभाजन भएका थिए । त्यसपछि कम्युनिष्ट पार्टीभित्र फुट र विभाजन भैरहेको छ । अहिले संसद् र संसद् बाहिर पनि थुप्रै कम्युनिष्ट पार्टी अस्तित्वमा छन्

Nabintech