२१ बैशाख २०८१, शुक्रबार
कक्षा ८ को नतिजाको बिषयमा प्रतिबेदन सार्बजनिक भयो

कोहलपुर नगर शिक्षा प्रमुख देखि शिक्षण सहजकर्ता सम्म दोषी


  • टाइम्स संवाददाता

  • १० बैशाख २०८१, सोमबार २०:५८

कोहलपुर : कोहलपुर नगरपालिका भित्र चैत्र २ गते देखि ९ गते सम्म सन्चालन भएको आधारभुत तह कक्षा ८ को नतिजा प्रकासनमा अनियमितता भएको भन्दै सन्चार माध्यममा समाचर प्रकाशन तथा प्रसारण भए पछि कोहलपुर नगरपालिकाले छानबिन समिती गठन गरेको थियो ।
चैत्र २५ गते कोहलपुर नगरपालिका वडा न१२ का वडा अध्यक्ष बीरेन्द्र कुमार शाहसको संयोजकत्वमा ५ सदस्य छानबिन समिती गठन भएको थियो । समितीका सदस्यहरुमा राम प्रसाद चपागाई,बि.एल भारती,सुमित्रा न्यौपाने,र बिर बहादुर थापा सदस्य सचिब रहने गरि समिती गठन भएको थियो ।
सो समितीले १३ दिन लगाएर तयार पारेको प्रतिबेदन बैशाख ७ गते कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आर्चायलाई बुझाएको थियो । प्रतिबेदन सार्बजनिक गर्दै नगर प्रमुख पुर्ण प्रसाद आर्चायले अब यस्ता खाले अनिमियता गर्नेहरु जो कोही पनि नछुटने बताउदै उक्ता प्रतिबदन सार्वजनिक गरेका थिए । अब स्वास्थ्य र सहकारीका बिषयमा पनि गम्भीर भएर लाग्ने बताएका थिए ।प्रतिबेदनमा कोहलपुर नगर शिक्षा प्रमुख राम बहादुर हमाललाई सचेत गराउदै काज फिर्ता गर्ने प्रतिबेदनमा उल्लेख गरिएको छ । अधिकृत सातौ तहका रवीलाल मिजारलाई बिभागीय कारवाहीको लागी सिफारिस गर्ने बताइएको छ । मिजारले आफनै निर्देशनमा नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय सिमरीकी शिक्षण सिकाइ सहजकर्ता रोमिना खत्रीलाई आफनै कार्य कक्षमा राखेर उतर पुस्तिीकाको अकं थप घट गर्ने कार्यमा प्रयोग गरेको पाइएको छ ।
त्यसै गरि नगर शिक्षाका प्राबिधीक सहायक बल बहादुर नेपालीले कम्युटरमा नतिजा चढाउदा लापरवाही तरिकाले चढाएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

प्रतिबेदनको बिस्तृत बिवरण

Nabintech