२६ बैशाख २०८१, बुधबार
नरैनापुर गाउँपालिकामा औलो रोगको सङ्क्रमण बढ्दै

  • टाइम्स संवाददाता

  • १५ बैशाख २०८१, शनिबार ११:३७

बाँके : बाँकेको दुर्गम र पिछिडिएको नरैनापुर गाउँपालिकामा औलो रोगको सङ्क्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्षको हालसम्म एक सय एक जना औलोका नयाँ बिरामी भेटिएपछि गाउँपालिकाले सो नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको जनाएको छ ।

गाउँपालिकाका स्वास्थ्य संयोजक नगेन्द्रकुमार शाहका अनुसार गत आर्थिक वर्ष २०७९।०८० मा सो पालिकामा १०२ जनामा औलो रोग पुष्टि भएको थियो भने चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पालिकाको एउटै वडामा १०१ जना औलोका बिरामी भेटिएका छन् । उहाँले वडा नम्बर ३ मा मात्र १०१ जना बिरामी भेटिएकोले गाउँपालिकाले उच्च सतर्कता अपनाउँदै औलोको सक्रमण नियन्त्रणका लागि विभिन्न कार्य गरिरहेको बताउनुभयो ।

Nabintech