२७ बैशाख २०८१, बिहीबार
बैचारिक संगठनको रुपमा एमाले अधि बढने : महासचिब पोख्रेल

  • टाइम्स संवाददाता

  • १५ बैशाख २०८१, शनिबार १७:२९

कोहलपुर  :  नेकपा एमालेका महासचिब शंकर पोखे्रलले पार्टीलाई बैचारिक संगठन बनाउनु बताएका छन । ३६४ दिन नेकपा एमाले बन्न अनि चुनाबको बेला एमालेलाई धोका दिनेहरु प्रति अब नेकपा एमाले कठोर भएर लाग्ने बताए । महासचिब पोखे्रलले एमाले बिभाजनका लागि ठुलो षड्यन्त्र भएको बताउदै पार्टी फुटाउने नेताहरु अहिले पछुताइ रहेको बताएका थिए । त्यस प्रबितिका नेताहरू बिस्तारै सखाप हुने बताउदै गहिरो शिक्षा र चिन्तन बाट पार्टीलाई अधि बढाउनु पर्ने बताए
पछिल्ले समय अहिले बाम एकताको कुरा उठेपनि पहिले जस्तो गरि एकता तत्काल नहुने नेकपा एमाले आफने अस्थित्वमा रहेने जिकिर गरेका थिए ।नेताहरुको भावनालाई मात्र बुझेर होइन कसैसग पाटि एकता गर्ने पर्ने अबस्था भएमा कार्यकर्ताको भावना बुझन जरुरी रहेको र बिगतको सिकाइ पनि यस्तो रहेको बताएका थिए । नेकपा एमाले कोहलपुर नगरकमिटीको दोसो्र नगर अधिबेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो अभिब्यति दिएका थिए । विशेष अतिथी नेकपा एमाले केन्द्रिय सचिब लेखराज भट्टले अबको बाटो भनेको आन्तरिक द्धन्द्धलाई ब्यवस्थपान गर्दै जनताको मतलाई बुझन आबश्यक रहेको बताएका थिए ।

 

Nabintech