२७ बैशाख २०८१, बिहीबार
प्रभाबित परिवारका सदस्यहरुलाई निशुल्क ड्रइभिङ तालिमा

  • टाइम्स संवाददाता

  • १५ बैशाख २०८१, शनिबार १८:०६

कोहलपुर  : कोहलपुर सुर्खेत १३२ केभी प्रसारण लाइनका प्रभाबित परिवारका सदस्यहरुलाई निशुल्क रुपमा एक महिने हलुका सवारी चालक तालिमको शुरुवात एक कार्यक्रमका बीच कोहपुरमा गरिएको छ । नेपाल बिद्युत प्राधिकरण वातावरण तथा सामाजिक अध्ययन बिभाग लाजिम्पाटको आयोजनामा सो तालिम सन्चालन गर्न थालिएको हो । तालिमको सहजीकरण युनाइटेड टेक्नीकल टे«डिङ एजुकेनका बाँके कार्यक्रम संयोजक शिराज रानाभाटले गर्ने बताइएको छ । तालिमको प्रयोगात्मक अभ्यास बागेश्वरी मोटर ड्राइभिङ सेन्टरको हवलदारपुरको फिल्डमा सिकाइने बागेश्वरी मोटर ड्राइभिङ सेन्टरका प्रर्बन्ध निर्देशक दिल बहादुर बोहोराले कोहलपुर टाइम्सलाई बताए ।


नेपाल बिद्युत प्राधिकरण वातावरण तथा सामाजिक अध्ययन बिभागका वातावरण सुरक्षा अधिकृत रमेशराज बशीले तालिमलाई निशुल्क भने ब्यवस्था नगरि सिपसिकेर आयआर्जन गर्ने सक्ने बिश्वास लिएको र यो तालिमा प्रभाबकारी हुने बताएका थिए । कोहलपुरमा १० जान प्रभाबित परिबारका सदस्यहरुलाई निशुल्क तालिम दिएको छ भने छिन्चु र सुर्खेतमा १५ जना गरि जम्मा २५ जनालाई तालिमा प्रदान गरिने बताइएको छ ।

 

Nabintech