१ जेष्ठ २०८१, मंगलवार
डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी

  • टाइम्स संवाददाता

  • १७ बैशाख २०८१, सोमबार ०७:००

कोहलपुर : दुग्ध विकास संस्थान (डिडिसी) ले दुग्ध किसानलाई ४३ करोड रुपियाँभन्दा बढी भुक्तानी गरेको छ । डिडिसीले अर्थ मन्त्रालयबाट सहुलियत ऋणमा पाएको ३० करोड र त्यसमा १३ करोड रुपियाँ थपेर किसानको बक्यौता रकम भुक्तानी गरेको डिडिसीका निमित्त महाप्रबन्धक राजेन्द्र अधिकारीले बताउनुभयो । डिडिसीले एक अर्ब ५० करोड रुपियाँ भुक्तानी गर्न बाँकी थियो । त्यसमध्ये ४० करोड भुक्तानी गरिसकेपछि अझै एक अर्ब १० रुपियाँ बाँकी रहेको छ ।

डिडिसीले वैशाख लागेपछि काठमाडौँ वरिपरिका किसानलाई  १३ करोड, विराटनगर वरपरका किसानलाई १० करोड, जनकपुरका वरपरको किसानलाई एक करोड, हेटौँडा वरपरका किसानलाई आठ करोड रुपियाँ, लुम्बिनी प्रदेशका किसानलाई चार करोड २५ लाख, नेपालगन्ज वरपरका किसानलाई दुई करोड ७५ लाख, धनगढी वरपरका किसानलाई एक करोड ५० लाख रुपियाँ भक्तानी गरेको डिडिसीले जनाएको छ ।

Nabintech