८ जेष्ठ २०८१, मंगलवार
आगो लगाउने १८ जना पक्राउ

  • टाइम्स संवाददाता

  • १८ बैशाख २०८१, मंगलवार ०७:५४

तानसेन : आगो लगाउने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको तानसेन, बगनासकाली र रिव्दीकोटका विभिन्न स्थानमा आगो लगाउने १८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घाँस उमार्ने नाममा बारी तथा खेतका कान्लामा आगो लगाई छाड्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । आफ्नो बारी तथा खेतमा आगो लगाएर छाड्दा वनमा डढेलो लागेको प्रहरीको भनाइ छ । आगोलागीमा संलग्न भएका बालबालिकादेखि ९६ वर्षसम्मका वृद्धा रहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।पक्राउ परेकालाई एक दिन प्रहरी हिरासतमा राखेर सम्झाईबुझाई गरेपछि आफन्तको जिम्मा लगाइएको उहाँले बताउनुभयो

Nabintech