८ जेष्ठ २०८१, मंगलवार
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

  • टाइम्स संवाददाता

  • १९ बैशाख २०८१, बुधबार ०८:२१

कोहलपुर : आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । आज सरकारले सार्वजनिक बिदा दिएको छ ।अन्तर्राष्ट्रिय श्रमिक दिवसका यस अवसरमा नेपालमा विभिन्न मजदुर संघ संगठनहरूले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।

यस दिवसको अवसरमा देशैभर विभिन्न अन्तरक्रिया, गोष्ठी आदि कार्यक्रमको आयोजना हुनेछ । विश्वका साथै नेपालमा पनि विविध कार्यक्रम गरी यो श्रमिक दिवस मनाइँदै आइएको छ ।

सन् १८८६ मा अमेरिकाको सिकागो राज्यमा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै आन्दोलन भएको थियो । मजदुरहरूले गरेको सो विश्व प्रख्यात आन्दोलन दबाउनका लागि अमेरिकन प्रहरी बम प्रहार गरिएको घटनाको सम्झनामा विश्वभरी मे १ मा अन्तराष्ट्रिय श्रमिक दिवस मनाइँदै आएको छ ।

सोही आन्दोलनका कारण विश्वभर मजदुरहरूले ८ घण्टा मात्र काम गर्न गरी नयाँ व्यवस्था विश्वभर प्रचलनमा आएको हो

Nabintech