९ जेष्ठ २०८१, बुधबार
डिजेल र मट्टितेलको मूल्य घटेयो

  • टाइम्स संवाददाता

  • १९ बैशाख २०८१, बुधबार ०८:२५

कोहलपुर : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

निगमले डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५९ रुपैयाँ तोकेको छ ।

यसैगरी दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर डिजेलको मूल्य एक सय ५८ र तेस्रो वर्ग अन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा लिटरको एक सय ५९ रुपैयाँ पुगेको छ

Nabintech