९ जेष्ठ २०८१, बुधबार
त्रिपालमुनि बास बस्दै आगलागी पिडित

  • टाइम्स संवाददाता

  • १९ बैशाख २०८१, बुधबार ०८:३०

दाङको राजपुर गाउँपालिका–७, हाडबास निवासी ७० वर्षीय तिला योगी दुई दिनदेखि त्रिपालमुनि बास बस्दै आउनुभएको छ । जङ्गलमा लागेको आगोले राप्ती नदीको बगर हुँदै राजपुर गाउँपालिका–७, हाडबास बस्तीमा पसेर २४ घर खरानी बनेपछि योगी परिवार बारीमा त्रिपाल टाँगेर बस्दै आएको छ ।

घरमा भएको लुगाकपडासहित अन्नपात जलेपछि राहतको खोजीमा रहेको परिवारलाई साँझबिहानको छाक टार्न पनि समस्या भएको छ । गाउँपालिकाले उपलब्ध गराएको प्लास्टिकको त्रिपालमा बस्ने गरे पनि दुःख गरेर उत्पादन गरेको अन्नपातसँगै कपडा जल्दा साँझबिहान छाक टार्न र लुगा फेर्न समस्या भएको उहाँ बताउनुहुन्छ ।

Nabintech