५ जेष्ठ २०८१, शनिबार
सामुदायिक वनका सदस्यलाई दिगो वन ब्यबस्थापन तालिम

  • टाइम्स संवाददाता

  • २२ बैशाख २०८१, शनिबार ०७:३७

 शम्शेरगन्ज (बाँके   ) : डिभिजन वन कार्यालय बाँकेको आयोजना र शम्शेरगन्ज सब डिभिजिन वन कार्यालयको समन्न्वयमा राप्ती सोनारी गाउपालिका वडा न २ को मेहेन्द्रपुरमा दिगो वन ब्यबस्थापन तालिमको शुभारम्भ भएको छ । सो तालिममा जैबिक मार्ग र मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनका प्रतिनिधीहरुलाई ४ दिन सम्म दिगो वन ब्यबस्थापनका आधारभुत बिषयमा केन्द्रित रहेर तालिम प्रदान गरिने शम्शेरगन्ज सब डिभिजन वन कार्यालयका बरिष्ठ वन अधिकृत सुशिल सुबेदीले कोहलपुर टाइम्सलाई जानकारी दिए ।
सहभागीहरुले आफनो सामुदायिक वनमा सुशासन कायम गर्नको लागी यो तालिममा प्रभाबकारी हुने सहभागीले बताएका छन ।


तलिमको मुख्य उदेश्य भनेको समुहको दोहोरो लेखा ब्यवस्थापन ,सस्थाको बिक्तिय ब्यवस्थापनको लागी दिगो पन स्थापना गर्नु र  डढेलो ब्यवस्थापनको बिषयमा पनि केन्द्रित रहेने आयोजकले जानकारी दिएको छ ।

 

Nabintech