५ जेष्ठ २०८१, शनिबार
प्राकृतिक स्रोतमा आधारित उद्यमीहरुका लागि उद्यमशीलता विकास तालिम सम्पन्न

  • टाइम्स संवाददाता

  • २२ बैशाख २०८१, शनिबार ०७:४४

सुर्खेत : सुर्खेत जिल्लाका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका , चौकुन गाउँपालिको र भरीगंगाा नगरपालिका  तथा दैलेख जिल्लाको गुराँस गाउँपालिका  प्राकृतिक स्रोतमा आधारित साना तथा मझौला व्यवसायीहरुलाई उद्यम विकास सम्बन्धि तालिम प्रदान गरिएको हो ।

तलिममा माछा पालन, सुन्तला खेती, जडीबुटी,पशुपालन, टिमुर खेती ,दुना टपरी, सिस्नो पाउडर ,कृषि तथा पशुपंक्षी पालन व्यवसाय तथा होमस्टे लगायतका साना तथा मझौला व्यवसायीहरुको सहभागीता रहेको थियो । यस तालिमको उद्देश्य प्रकृतिमा आधारित उद्यमहरूको पहिचान गर्नु र उनीहरूको व्यवसायको दृष्टिकोण र योजनामा क्षमता अभिवृद्धि गर्नु रहेको कुरा युएसएआईडी जल जङ्गलका उद्यम विकास अधिकृत मुकेश कुँवरले जानकारी दिएका छन भने तालिमले उद्यमीहरूलाई वातावरणीय दिगोपनलाई ध्यानमा राखी प्रकृतिमा आधारित उद्यमहरूको व्यवसाय योजनाको बारेमा बुझ्न मद्दत गर्ने कुरा कुँवरीले जानकारी दिए ।

तालिममा सहभागी  साना तथा मझौला व्यवसायीहरुहरूलाई जैविक विविधता ,जलवायु परिवर्तन ,सफल उद्यमीका विशेषता ,व्यवसाय छनौट ,व्यवसायको परिचय,महत्व,व्यवसाय गर्दा ध्यान दिने कुराहरु ,निति नियम ,माग तथा आपूर्ति खेल मोड्युल २ ,व्यवसायीक योजना सम्बन्धि कक्षा संचालन गरिएको थियो ।

युएसएआईडी जल जंगलले प्रकृतिमा आधारित उद्यमहरूलाई सहयोग गर्नेछ जसले जैविक विविधताको संरक्षणमा मद्दत गर्नेछ र अन्ततः यसको संरक्षणमा नेतृत्व गर्नेछन भने यसले व्यवसायीहरुको एकअर्कालाई अन्तरक्रिया र बुझ्ने र उनीहरूको उद्यम सम्बन्धी समस्या र समस्याहरू साझा गर्ने अवसर प्रदान गर्नेछ ।

तालिममा युएसएआईडी जल जङ्गल परियोजनाका उद्यम विकास अधिकृत मुकेश कुँवर, एनसाब नेपालका डा. दिपेश प्याकुरेल  तथा बराहताल र भेरीगंगा नगरपालिका उद्यम विकास सहजकर्ताहरु समेतले तालिमको सहजीकरण गरेका थिए

 

Nabintech