५ जेष्ठ २०८१, शनिबार
तापक्रम घट्यो

  • टाइम्स संवाददाता

  • २३ बैशाख २०८१, आईतवार १६:१५

कोहलपुर :  गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केही दिनयता मुलुकका धेरै स्थानमा मौसम बदली हुन थालेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबार पूर्वको कोसीका केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने र सोमबार र मङ्गलबार अन्य प्रदेशका विभिन्न ठाउँमा वर्षा हुने जनाएको छ ।

विभागमा मौसमविद् सरोज पुडासैनीले मौसम बदलीका कारण पछिल्ला केही दिनदेखि तापक्रम घट्दो क्रममा रहेको जानकारी दिँदै अब बढ्दो आगलागीलाई प्रभाव पार्ने गरी ठाउँठाउँमा वर्षा हुने राससलाई जानकारी दिनुभयो ।

उहाँले हिजोदेखि नै तराईका जिल्लामा ४० डिग्रीभन्दा तल नै तापक्रम रहेको जानकारी पनि दिनुभयो । यो क्रमशः घट्दै जाने उहाँले बताउनुभयो । हिजो काठमाडौँमा २९।५ डिग्री तापक्रम थियो । हिजो सबैभन्दा धेरै धनगढीमा ३९।३ र भैरहवामा ३८ डिग्री थियो । वर्षाको सम्भावना रहेकाले तत्काल तापक्रम नबढ्ने उहाँले बताउनुभयो ।

केही दिनअघि यसपालि तापक्रम सबैभन्दा बढी भैरहवामा ४३.६ डिग्रीसम्म पुगेको थियो । पुडासैनीका अनुसार आज कोसीका केही स्थानमा र भोलि कोसी र गण्डकीका थोरै क्षेत्रमा पानी पर्ने र बाँकी पहाडी भूभागका केही क्षेत्रमा हल्लादेखि मध्यम वर्षाको सम्भावना छ ।

पर्सी भने कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् पुडासैनीले जानकारी दिनुभयो । अब पर्ने पानीले कतिपय ठाउँमा भइरहेको आगलागी घटाउन सहयोग पुग्ने महाशाखाले ज

Nabintech