६ जेष्ठ २०८१, आईतवार
बाघ र गैँडा मृत फेला

  • टाइम्स संवाददाता

  • २५ बैशाख २०८१, मंगलवार १६:१७

नवलपरासी :  चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गैँडा मृत फेला परेका छन् । निकुञ्जको भित्र भीमपुर क्षेत्रमा बाघ तथा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गैँडा मृत अवस्थामा भेटिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नेपाली सेनाको सुरक्षा पोस्ट अमृतेबाट खटिएको टोलीले मृत बाघ फेला पारेको हो । अहिले घटनास्थलमा सेना र निकुञ्जको टोली पुगेको छ । घटनास्थल सौराहा नजिक पर्दछ । बाघ मर्नुको कारण खुल्न सकेको छैन ।

यस्तै नवलपरासीको कावासोती नगरपालिका–१५ गुन्द्रइढाका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा भाले गैँडा मृत फेला परेको छ

Nabintech