६ जेष्ठ २०८१, आईतवार
डढेलो लगाएको आरोपमा एक पक्राउ

  • टाइम्स संवाददाता

  • २५ बैशाख २०८१, मंगलवार १६:२२

रुकुमपूर्व :  रुकुमपूर्व प्रहरीले जङ्गलमा डढेलो लगाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

शुक्रबार भूमे गाउँपालिका–१ रुजिखोला नजिकैको सामुदायिक वनमा आगो लगाएको अभियोगमा सोही ठाउँका २५ वर्षीय प्रकाश पुनलाई सोमबार प्रहरीले पक्राउ गरेको डिभिजन वन कार्यालयका प्रमुख जितेन्द्रसिंह खड्काले जानकारी दिनुभयो।

रुजिखोला नजिकैको सामुदायिक वनमा शुक्रबारदेखि लागेको आगो हालसम्म पनि पूर्ण रूपमा निभाउन सकिएको छैन शुक्रबार आगलागी भएपछि प्रहरीले आगो लगाउने व्यक्ति खोजतलास गरेको थियो। सोही क्रममा स्थानीयले आगो लगाउने मान्छे पत्ता लगाएपछि प्रहरी पुगेर पुनलाई पक्राउ गरेको खड्काले बताउनुभयो। पुन माथि अनुसन्धान भइरहेको खड्काले बताउनुभयो। फागुन महिना यता रुकुमपूर्वको ३१ सय हेक्टर वनमा आगलागी भएको छ।

Nabintech