७ जेष्ठ २०८१, सोमबार
बाँकेमा पानी परेपछि कृषक खुसी

  • टाइम्स संवाददाता

  • २७ बैशाख २०८१, बिहीबार ०७:१८

कोहलपुर : अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भइरहेको बेला बुधबार बाँके बर्दिया लगायतका जिल्लामा पानी परेसँगै सर्वसाधारणलाई ठुलो राहत भएको छ ।

लामो समयदेखि पानी नपरेर सुखा खडेरी परेर मकै लगायतका हिउँदे बाली सुक्न लागेको र अत्यधिक गर्मीले स्थानीय बासिन्दा पिडीत भएको बेला  पानी परेपछि सबैलाई राहत महसुस भएको हो ।

लामो समयपछि बुधबार बाँके र सो वरिपरिका जिल्लामा पानी परेपछि सर्वसाधारण र किसानमा खुसीयाली छाएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ ।

 

Nabintech