७ जेष्ठ २०८१, सोमबार
पहाडी क्षेत्रमा हल्का बर्षा

  • टाइम्स संवाददाता

  • २८ बैशाख २०८१, शुक्रबार ०६:५२

कोहलपुर :  बाग्मती, गण्डकी र कोशी प्रदेशका केही पहाडी भेगमा बिहानैदेखि हल्का पानी परेको छ । आज लगातारजसो पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार दिउँसोपख पानी पर्ने क्रम रोकिनेछ । आज दिउँसो कतैकतै केहीबेर मात्रै फाट्फुट्ट पानी पर्ने सम्भावना छ ।

भोलि र पर्सि भने आजको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद अर्यालले जानकारी दिनुभयो । पानी पार्ने प्रणाली पश्चिमतिर सर्दै गएकाले भोलि र पर्सि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै पानी पर्न सक्ने मौसमविद्को अनुमान छ ।

Nabintech