७ जेष्ठ २०८१, सोमबार
संरक्षण तर्फ अभिप्रेरित गर्न ईको क्लब गठन

  • टाइम्स संवाददाता

  • २८ बैशाख २०८१, शुक्रबार १६:१८

कोहलपुर : बाँकेको राप्ती सोनारीगाउपालिका वडा न ८ शम्शेरगन्जमा रहेको शिबशक्ति माध्यमिक बिद्यालयमा बिद्यार्थीहरुलाई संरक्षणमा अभिप्रेरिग गर्ने उदेश्यले ईको क्लब गठन गरिएको छ ।
ईको क्लबमा आबद्ध भएका बिद्यार्थीहरुको सवलीकरणको लागी डिभिजन वन कार्यालय बाँकेले संरक्षण सम्बन्धीका सामाग्री ,बृक्षा रोपण, बिद्यार्थीहरुलाई संरक्षणमा भइरहेका प्रयासहरुको बारेमा स्थलगत संरक्षित क्षेत्रको अबलोकन भ्रमण संरक्षण सम्बनधीका प्रतियोगिताहरु संचालन गर्ने लक्ष्या लिएको शम्शेरगन्ज सब डिभिजन वन कार्यालय बाँकेका बरिष्ठ वन अधिकृत सुशिल सुबेदीले कोहलपुर टाइम्सलाई जानकारी दिए।


बिद्यार्थीहरुलाई पाठयक्रममा भएका जैबिक बिबिधताका सवलमा समेत जानकारी गराउदै संरक्षणमा उत्प्ररित गर्ने बिद्यालयले जनाएको छ।

Nabintech