१२ श्रावण २०८१, शनिबार
मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

  • टाइम्स संवाददाता

  • १ जेष्ठ २०८१, मंगलवार ०६:१०

सरकारको आगामी आर्थिक वर्ष २०८१/

८२ को वार्षिक नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । सङ्घीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न भनिएको छ ।
तर दलहरुबीच सहकारी प्रकरणमा छानबिन समिति गठनका विषयमा सहमति जुटिनसकेकाले बैठकबारे अन्योलता भने कायमै छ ।

Nabintech