१२ श्रावण २०८१, शनिबार
प्रचण्डले चौथोपटक विश्वासको मत

विश्वासको मत लिएसंगै ओलीले दिए बधाई


  • टाइम्स संवाददाता

  • ७ जेष्ठ २०८१, सोमबार १४:२५

कोहलपुर  : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सोमवार प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । यो उनको विश्वासको मत लिएको चौथोपटक हो ।

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मतको पक्षमा १५७ र विपक्षीमा १ मत प्राप्त गरे। विपक्षमा मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पक्ष/विपक्ष दुवैतर्फ मत दिएनन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसहितका अन्य विपक्षी दलहरू मतदान कार्यमा सरिक भएनन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लाकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जसपा नेपाल लगायतका दलको नाराबाबजीबीच उनले विश्वासको मत लिएका हुन् ।

यसरी प्रधानमन्त्री प्रचण्डले बिश्वासको मत प्राप्त गरेसंगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन् ।

Nabintech