१२ श्रावण २०८१, शनिबार
अदालतको अनुमति लिएर अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन : रास्वपा

  • टाइम्स संवाददाता

  • ११ जेष्ठ २०८१, शुक्रबार ०७:५१

काठमाडौँ :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको बताएको छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथिको अनुसन्धान प्रेस स्वतन्त्रतामाथिको हनन नभएको पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन् । अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन । यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्चालन बनाउँछ ।’’

प्रवक्ता डा. ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले सिरोहियालाई पक्राउ गरिएको भन्दै विधिको शासनलाई सरकारले ख्याल गरेको उल्लेख गरिएको छ ।

‘‘धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभि

Nabintech