१२ श्रावण २०८१, शनिबार
सालको पातको दुना टपरी बनाउन सिक्दै विद्यार्थी

  • टाइम्स संवाददाता

  • ११ जेष्ठ २०८१, शुक्रबार ०७:५७

तनहुँ : लोपोन्मुख नेपाली परम्परागत सीप र संस्कृतिको संरक्षणमा तनहुँले एक विद्यालयले विद्यार्थीले चासो दिन थालेका छन् । चासो राख्नेमा व्यास नगरपालिका–१० बैरेनी, कुमालटारी स्थित चण्डीदेवी राष्ट्रिय माध्यमिकमा अध्ययनरत विद्यार्थी रहेका छन् । विद्यालयले शिक्षाको साथै परम्परागत सीप सिकाउन थालेपछि विद्यार्थी चासो राख्दै सिक्न थालेका हुन् ।

विषयगत शिक्षाका अलवा विद्यालयमा व्यावहारिक ज्ञान सिकाएर नयाँ पुस्तालाई पुरानो सीप र संस्कृतिबारे नौलो ढङ्गले प्रयोगात्मक रूपले प्रशिक्षित गराउन थालिएकाले विद्यार्थीले परम्परागत सिप सिक्न थालेको पाइएको छ । लोपोन्मुख सीप र संस्कृतिलाई  सिकाउने कुरालाई प्राथमिकता दिएपछि यसको सर्वत्र प्रशंसा भएको छ । नेपाली गाउँघर र ग्रामीण जीवनयापनको जीवन्त पाटाहरुमा सालको पातको टपरी र दुना माटोको भाँडो भाँडाहरूमा दियो, आँडी, घैँटो, गाग्री, गमला, खुथु्रके बनाउने सीपहरू पर्छन् अमरराज नहर्की

Nabintech