१२ श्रावण २०८१, शनिबार
राहदानी विभागको निष्कर्ष जिबी राईको पासपोर्ट रद्द गर्न नमिल्ने

  • टाइम्स संवाददाता

  • ११ जेष्ठ २०८१, शुक्रबार १५:१०

कोहलपुर  : राहदानी विभागले विभिन्न सहकारीको अर्बौं रकम घोटालामा फरार रहेका जिबी राईको राहदानी रोक्का वा रद्द गर्न नमिल्ने निष्कर्ष निकालेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख ३० गते राईको राहदानी रोक्का वा रद्द गर्न भनेर राहदानी विभागमा पत्राचार गरेको थियो।

तर त्यसबारे राहदानी विभागले उनको राहदानी रद्द वा रोक्का गर्न नमिल्ने निष्कर्ष निकालेको सूचना अधिकारी रमेशकुमार चर्माकारले जानकारी दिए।

राहदानी ऐन, २०७४ अनुसार सहकारी ठगी कसुरका लागि राहदनी रद्द गर्ने प्रावधान नभएको हुँदा निल्ने निष्कर्ष निकालेको चर्माकारले बताए।

Nabintech