१२ श्रावण २०८१, शनिबार
गर्मीलाई चुनौति दिदै कोहलपुरमा बिद्यालय सन्चालन

बिद्यार्थीहरुको स्वास्थ्य प्रति सम्बेदनील भइदिन अभिभावकको आग्रह


  • टाइम्स संवाददाता

  • २८ जेष्ठ २०८१, सोमबार १२:५६

कोहलपुर

पछिल्ला दिनमा पानी पर्न छाडेपछि देशैभरको तापक्रम बढ्दै गएको छ। हिजो आइतवार काठमान्डौ उपत्यकाको तापक्रम ३३.८ डिग्री सेल्सियस पुगेको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन पछि पनि पानी पर्ने सम्भावना न्यून रहेकाले तापक्रम बढ्ने सम्भावना बढि रहेको छ । गर्मी बढेसगै तराइ क्षेत्रका बिद्यालयहरु बन्द गरिएका छन भने केही पालिकाले बिहान बिद्यालय सन्चालन गरेका छ ।

बाँकेको राप्ती सोनारी गाउपालिकाले बिद्यालय जेठ ३१ सम्म  बिद्यालय बन्द गरेको जनाएको छ । बाँकेको
कोहलपुर नगरपालिका क्षेत्रमा रहेका बिद्यालय भने बिद्यार्थीहरुको स्वास्थ्यलाई ब्यवास्था  गदै बिद्यालय सन्चालन भएकोमा अधिकाश अभिभाबकले भने असन्तुष्टि जनाउदै आएका छन  ।  ३\ ४ दिन बिद्यालय बन्द गर्नु पर्ने कोहलपुर टाइम्सलाई प्रतिक्रिया दिएका छन ।

कोहलपुर १३का अजित मगरले त बिद्यालय बन्द भए पनि हामीले शुल्क तिरेकै हुन्छौ पढाइ भएन भनेका छैनौ बिद्यार्थीहरुको स्वास्थ प्रति सम्बेदनशी भइ दिन निर्बाचित जनप्रतिनिधीहरुलाई  बिद्यालय बन्द गर्नेतर्फ सोचन समेत उनले आग्रह गरेका छन ।
कोहलपुर क्षेत्रका   केही अभिभावकले भने   घरमा बस्दा गर्मी नहुने हो  र  ? २ \३ पछि कोहलपुरमा हिउ पर्ने हो र ? भन्दै सामाजिक सन्जालमा समेत लेख्दै आएका छन । एक अभिभावकले कोहलपुर टाइम्सलाई प्रतिक्रिया दिए सबैका बच्चा बच्ची एसी लगाएको बिद्यालयमा अध्ययन गर्दैन सरकारी बिद्यालयमा पढनेहरुको लागी फरक हुने बताएका छन ।
एक स्वास्थ्यकर्मीका अनुसार बिद्यालयमा बिद्यार्थीहरुको जनघन्त्व बढि हुदा स्वभाबिक रुपमा गर्मी हुन सक्छ , छिन छिन को बिद्युत अबरोद्धले पनि समस्या भइरहेको बताए ।

जल तथा मौसम विभागका मौसमविद् रोजन लामिछानेका अनुसार आइतबार सबैभन्दा बढी तापक्रम धनगढीको मापन भएको छ। नेपालगन्जको तापक्रम ४२.६ डिग्री सेल्सियस पुगेको उनले बताएका छन । यो समाचार तयार पारुन्जेल सम्मको तापक्रम ४० डिग्रीको हाराहारीमा रहेको छ । अझै पश्चिम तपाई क्षेत्रमा ५ दिन सम्म पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम विभागले जनाएको छ ।

Nabintech