१२ श्रावण २०८१, शनिबार
कोहलपुरमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम हुदा पनि बिद्यालय सन्चालन

सरोकारवाल निकाय मौन , बिद्यार्थी प्रभाबित


  • टाइम्स संवाददाता

  • २९ जेष्ठ २०८१, मंगलवार ०७:२३

.देशका केही ठाउँमा हिजो तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । चार वटा मापन केन्द्रमा तापक्रम ४० डिग्रीभन्दा माथि मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार हिजो बेलुका अधिकतम तापक्रम धनगढीमा ४४ डिग्री, नेपालगञ्जमा ४३ दशमलव ६, दीपायलमा ४० दशमलव ७ र वीरेन्द्रनगरमा ४० दशमलव ९ डिग्री मापन भएको छ । यस्तै दाङको घोराहीमा ३९ दशमलव ६, भैरहवामा ३९ दशमलव ८, सिमरामा ३७ दशमलव ५ र जनकपुरमा ३७ डिग्री पुगेको छ । तापक्रम बढेसगै दैनिक ज्याला मजदुरी गर्नेहरु प्रभाबित भएका छन । बाँकेको कोहलपुर नगरपालिकामा बिद्यालय भने सन्चालन हुदा बिद्यार्थीहरु प्रभाबित भएका छन ।

कोहलपुर नगरपालिकाले ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम हुदा पनि बिद्यालय सन्चालन गर्ने अनुमती दिएकोमा अधिकाश अभिभाबकहरुले आलोचना गरेका छन । स्थान्ीय सरकार भनेको जनताको नजिकको सुख दुखको सरकार हो तर स्थानीयका आवाजलाई नसुनेको अभिभाबकहरुले कोहलपुर टाइम्सलाई प्रतिक्रिया दिएका छन । कोहलपुरको तापक्रम हिजो ४० दशमलब ५ पुगेको थियो ।
आज बिहानै देखि कोहलपुरको   तापक्रम पनि बढदै गएको छ । कतिपय बिद्यालयहरुमा पखासमेत नचल्ने गरेको अभिभावकले बताएका छन । यस तर्फ तत्कालै कोहलपुर नगरपालिकाले    बिद्यालय बन्द गर्नु पर्ने वा बिहानी कक्षा सन्चालन तर्फ सोच्नु पर्ने देख्निछ । सुर्खेतका बिद्यालय पनि बन्द गरिएको छ , यता बर्दियामा पनि बिद्यालय बन्द रहेका छन ।

हिजो काठमाण्डौमा पनि तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अबको एकरदुई दिन मध्य र पश्चिम क्षेत्रमा तापक्रम उच्च नै रहने सम्भावना छ

Nabintech