३१ असार २०८१, आईतवार
उद्योग बाणिज्य संघमा धितालको उम्मेदबारी घोषणा

  • टाइम्स संवाददाता

  • २ असार २०८१, शनिबार २१:०८

कोहलपुर : नेपाल उधोग ब्यवसायी महासङ कोहलपुर नगर कमिटीले कोहलपुर उधोग बाणिज्य संघको निर्बाचनकालागी उम्मेदवार घोषणा गरेको छ। कोहलपुरमा भएको वृहत भेलाले ब्यवसायी अन्जना धिताललाइ अध्यक्षको उम्मेदवारको रुपमा घोषणा गरेको हो। धिताल बिगत २५ बर्ष देखि कोहलपुरमा गुरु ट्रेडर्स नामक ब्यवसायिक फम चलाउदै आएकी छ्न।कोहलपुर क्षेत्रमा उनको उम्दवारीले महिलाहरुको लागी पनि थप उर्जा प्रदान गरेको बताइएको छ ।

धिताल शितल स्वभाव भएकी सबैसग मिलनसार हुनुका सथै ब्यवसायिहरुको हक हितको लागी निरन्तर बोल्दै आएकी छिन । आफु निर्बाचि भएमा ब्यवसायिकहरुको पक्षमा नविनतम सोचका साथ काम गर्ने बताएकी छन ।पछिल्लो अबस्थामा उपभोग्ताहरुलाई आफनै ठाउमा रोक्नको लागी चुनौती समेत भइरहेको अबस्थमा यस तर्फ आफु गम्भीरताका साथ लाग्ने बताइन

कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले बाके सचिब बलराम भट्टराई अतिथिहरु कोहलपुर नगर अध्यक्ष कुलबहादुर भट्टराई , कोहलपुर उधोग बाणिज्य सघपुर्ब अध्यक्ष नरेन्द्र शर्मा लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो।
कोहलपुर उधोग बाणिज्य सघ एमाले निकट ब्यसायिको नेतृत्व स्थापित गर्ने प्रतिबद्धता भेलाले गरेको छ।
घोषणा कार्यक्रममा कोहलपुरका एक सय बढी उधोगी ब्यापारिहरुको सहभागिता रहेको थियो।

Nabintech