३१ असार २०८१, आईतवार
बुटवलको डेल्टा मार्टमा आगलागीबाट करोडौँको क्षति

  • टाइम्स संवाददाता

  • ८ असार २०८१, शुक्रबार ०७:४२

बुटवल : बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा हिजो बेलुकीदेखि लागेको आगो नियन्त्रणमा आएको छ। तीन तलाको मार्टको माथिल्लो तलाबाट शुरु भएको आगलागी झण्डै पाँच घण्टापछि राति नियन्त्रणमा आएको हो । आगलागी नियन्त्रणमा स्थानीयबासी र प्रहरी  जुटेका थिए ।

बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मार्टको वरपर घना बस्ती भएकाले बस्ती जोगाउन वारुणयन्त्र प्रयोग गरिएको थियो । तर मार्टमा भने पूर्णरुपमा क्षति पुगेको छ ।

आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको तर यकिन विवरण नआइनसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले बताउनुभयो ।

Nabintech