२३ भाद्र २०८१, आईतवार
कञ्चनपुरको शुक्लाफाँटाका दुई बालकमा दादुरा–रुबेला

  • टाइम्स संवाददाता

  • १२ श्रावण २०८१, शनिबार ११:५२

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा दादुरा–रुबेलाका बिरामी फेला परेका छन् । आठ वर्षीय र २२ महिनाका बालकमा दादुरा–रुबेलाको सङक्रमण देखिएको छ । अन्य १९ जना शङ्कास्पद बिरामी रहेका छन् । उनीहरुमा दादुरा–रुबेला भए/नभएकोबारे परीक्षण भइरहेको छ ।

दादुरा–रुबेला नियन्त्रण तथा व्यवस्थापन गर्न सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सम्बन्धित पालिका, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायसँग आवश्यक सहकार्य गरी जनशक्ति परिचालन गरेको जनाएको छ ।

Nabintech