२७ आश्विन २०८१, आईतवार
भोलि बेलुकादेखि शनिवार बिहानसम्म मन

  • टाइम्स संवाददाता

  • २६ भाद्र २०८१, बुधबार १७:१७

कोहलपुर  :  भोलि बिहीवार बेलुकादेखि शनिवार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसमी बुलेटिन निकालेर देशका धेरै ठाउँमा तीन दिनसम्म पानी पर्ने पूर्वानुमान गरेको छ । केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । महाशाखाले त्यसैअनुसारको आवश्यक सतर्कता र सावधानी अपनाउनसमेत आग्रह गरेको छ ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले भारतको मध्यप्रदेश आसपासमा रहेकाे न्यून चापीय प्रणाली थप विकसित भई उत्तर–पश्चिमतिर अर्थात् (नेपाल नजिक) सर्ने सम्भावना देखिएको जानकारी दिनुभयो । यसैको प्रभावले भोलि बेलुकादेखि शनिवार बिहानसम्म विशेषगरी नेपालको पश्चिम क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना छ । कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम, बर्दिया र सुर्खेतमा ठूलो पानी पर्नसक्ने अनुमान गरिएको छ

Nabintech