२७ आश्विन २०८१, आईतवार
धनराज गुरुङ आफैँ आएर ऋण तिर्ने गरेको सहकारी अध्यक्षको खुलासा

  • टाइम्स संवाददाता

  • २८ भाद्र २०८१, शुक्रबार १६:५९

काठमाडौं:  नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ मुछिएको ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले स्थलगत अवलोकन गरेको छ। स्थलगत अवलोकनका क्रममा कांग्रेसका उपसभापति धनराज गुरुङले आफैँ आएर सहकारीको झण्डै ८१ लाख रुपैयाँ ऋण तिरेको खुलासा भएको छ।

समितिको स्थलगत अवलोकनका क्रममा सहकारीका अध्यक्ष कुम्भराज गुरूङले धनराज गुरुङले आफैँ सहकारीको ऋण तिर्न आएको बताएका छन्। कुम्भराजले धनराजको वास्तविक डिभोर्स नभई सहकारी डिभोर्स रहेको टिप्पणी गरेका छन्।

Nabintech