२१ कार्तिक २०८१, बुधबार
भारतको सरकारी अनुसन्धानको निष्कर्ष- अक्सफामलगायतका एनजीओ विकास रोक्न सक्रिय

  • टाइम्स संवाददाता

  • १९ आश्विन २०८१, शनिबार १८:१९

काठमाडौं –  भारत सरकारले गरेको एक अध्ययनले विदेशी पैसा लिएर सञ्चालित एनजीओहरुले विकासलाई रोक्न सक्रिय भएको देखाएको छ । भारत सरकारले अमेरिकी खर्बपति जर्ज सोरसको लगानी भएका एनजीओहरुमा गरेको अध्ययनले ती एनजीओहरु विकास तथा आर्थिक क्रियाकलाप रोक्न सक्रिय भएको पाइएको छ ।

भारत सरकारको आन्तरिक राजस्व विभागले गरेको अध्ययनले यस्तो देखाएको हो । रुसी विश्व च्यानल आरटीका अनुसार अक्सफामलगायतका ६ एनजीओमा गरेको अध्ययनले त्यो देखाएको छ ।  खोजका क्रममा अध्ययन गरिएको वक्तव्य, इमेल, सम्झौता, बोर्ड बैठकका माइन्युट सबैको अध्ययन गर्दा यस्तो देखिएको पाइएको छ । अध्ययन गरिएका एनजीओहरुले ७५ प्रतिशतभन्दा धेरै रकम विदेशबाट आएको पाइएको छ । भारतले अक्सफामलाई सन् २०२२ मै बन्द गराइसकेको छ ।

Nabintech