२४ मंसिर २०८१, सोमबार
नारायणगढ-मुग्लिन सडकखण्डमा बस र माइक्रोबस ठोक्किए, चार जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २३ कार्तिक २०८१, शुक्रबार ०८:१३

चितवन /  नारायणगढ(मुग्लिन सडक खण्डमा इलेक्ट्रिक हाइस र बस ठोक्किँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ३ बजे भरतपुर महानगर २९, मा पर्ने सत्रकिलोमा मुग्लिन तर्फबाट नारायणगढतिर आउँदै गरेको बा।प्र। ०६–००१ज ०२९८ नं।को ई।भि। हाइस र नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको बा।प्र। ०३–००१ ख २८१२ नं. को बस एक आपसमा ठक्कर खाएको थियो ।

घटनामा गम्भीर भएका चार जनाको मृत्यु भएको र बाँकी दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा हायसमा यात्रा गरेका गोर्खा आरुघाट १ मान्बु बस्ने ४२ वर्षका राज बहादुर गुरुङ हाईस चालक हाल नाम थर वतन नखुलेको वर्ष ४५ को पुरुष, हाईसमा सवार नामथर वतन नखुलेकी अन्दाजी ४० जतिकी महिला र हाईसमा सवार नामथर नखुलेको अन्दाजी ३२ वर्षका पुरुष रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको गम्भीर अवस्थामा उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

Nabintech