९ चैत्र २०८१, आईतवार
संचारिका समूह बाँकेको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा परियार चयन

  • टाइम्स संवाददाता

  • ४ फाल्गुन २०८१, आईतवार २०:१५

संचारिका समूह बाँकेको छैठौं अधिवेशन नेपालगन्जमा सम्पन्न भएको छ। अधिवेशनले पवित्रा परियारको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिमा सरला सुवेदी उपाध्यक्ष, आशा परियार महासचिव, अनिता बि.क. सचिव, तथा धना केसी कोषाध्यक्ष चयन भएका छन्। साथै, बिष्णु डाँगी, जनता रैका, सायदा बानो, सन्ध्या गैरे, कल्पना शाही, शिवानी बि.क. प्रमिला बि.क. स्मृति देवकोटा, र निशा शाह सदस्य पदमा निर्वाचित भएका छन्।

संचारिका समूह बाँकेले महिला पत्रकारिताको प्रवर्द्धन, प्रेस स्वतन्त्रताको संरक्षण, र लैंगिक समानतासँग सम्बन्धित मुद्दामा सक्रिय भूमिका खेल्दै आएको छ।

नयाँ नेतृत्वले महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्दै मफोसलको पत्रकारितालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। महिला पत्रकारहरूको हकहितका लागि समर्पित संचारिका समूह बाँकेले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम तथा नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Nabintech