कोहलपुर : कोहलपुर नगरपालिका वडा नं. १३, श्री बाल शिक्षा माध्यमिक विद्यालयमा पाँचवटा सामुदायिक विद्यालयहरूको सहभागितामा अन्तर विद्यालयस्तरीय हजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ। हाजीर जवाफ प्रतियोगीता सम्वर्धन परियोजन , श्री बाल शिक्षा मा.वि, र सामुदायिक वन उपभोक्ता महासंघ, महासघ बाँके को सहकार्यमा आयोजना गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्काले विद्यार्थीस्तरबाटै संरक्षण, वातावरण र प्राकृतिक स्रोतको महत्वबारे ज्ञान दिन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले विद्यालयस्तरमा यस्ता बौद्धिक गतिविधि निरन्तर हुनुपर्नेमा जोड दिनुभयो।






