४ बैशाख २०८३, शुक्रबार
मातातीर्थमा आमाको श्रद्धा

  • टाइम्स संवाददाता

  • ४ बैशाख २०८३, शुक्रबार १०:३०

काठमाडौं । आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।

आज काठमाडौंको मातातीर्थमा बिहानैदेखि दर्शन गर्नेको भीड लागेको छ । आजको दिन दिवंगत आमाको सम्झनामा राजधानीको थानकोट मातातीर्थमा पुगेका छन् ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । आजको दिन दिवंगत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुशी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ ।

Nabintech