कोहलपुर : कोहलपुर उपभोग्ता हित सम्बधी बिद्यालयस्तरमा सचेतना दिने उदेश्यले कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा उपभोग्ता हिंत संरक्षण मन्च कोहलपुरले कोहलपुर क्षेत्रका ग्रामिण क्षेत्रमा रहेका बिद्यालयका बिद्यार्थीहरुलाई उपभोग्ता हित सम्बधी सचेतना अभियान शुरु गरेको छ ।
कोहलपुर नगरपालिकाको वडा नं १३ भरैयामा रहेको बाल शिक्षा माध्यमिक बिद्यालय र कोहलपुर नगरपालिका वडा नं २ मा रहेको शिब शाक्ति माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई सम्पन्न भएको छ
कार्यक्रममा विद्यार्थीहरुलाई दैनिक उपभोग्य वस्तु खरिद गर्दा ध्यान दिनुपर्ने विषय, वस्तुको उत्पादन मिति, उपभोग्य म्याद, मूल्यसूची, गुणस्तर चिन्ह तथा लेबलिङ सम्बन्धी जानकारी प्रदान गरिएको थियो।

प्रशिक्षणका क्रममा बजारमा पाइने खाद्यान्न तथा अन्य सामग्री खरिद गर्दा उत्पादन मिति र म्याद समाप्त हुने समय अनिवार्य रुपमा हेर्नुपर्ने, बिल लिएर मात्र सामान खरिद गर्नुपर्ने तथा गुणस्तरहीन वस्तु प्रयोग नगर्न आग्रह गरिएको थियो। साथै उपभोक्ताले आफ्ना अधिकारसँगै कर्तव्यबारे पनि जानकार हुनुपर्ने विषयमा प्रशिक्षकहरुले जोड दिएका थिए।
कार्यक्रममा विद्यार्थीहरुलाई सचेत उपभोक्ता बन्न प्रेरित गर्दै विद्यालय तहबाटै उपभोक्ता शिक्षा आवश्यक रहेको बताइएको थियो। विद्यार्थीमार्फत घरपरिवार र समुदायसम्म उपभोक्ता सचेतनाको सन्देश फैलाउने उद्देश्यले अभियान सञ्चालन गरिएको उपभोग्ता हित संरक्षण मन्च कोहलपुरका अध्यक्ष बिष्णु प्रसाद बेल्बासेले बताउनु भयो
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो। कार्यक्रमले समाजमा उपभोक्ता अधिकार संरक्षण र स्वस्थ बजार प्रणाली निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास लिएको उपभोग्ता हिंत संरक्षण मन्च कोहलपुरका सचिब हुमहरी प्रसाद भट्टराईले बताउनु भएको थियो । कार्यक्रममा कोहलपुर नगरपालिकाका अग्नी प्रसाद आर्चायलेले बिद्याथीहरुलाई प्रशिक्षण दिनु भएको थियो ।
उपभोक्ता अधिकार संरक्षण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा कोहलपुर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरुलाई दैनिक उपभोग्य वस्तु खरिद गर्दा ध्यान दिनुपर्ने विषय, वस्तुको उत्पादन मिति, उपभोग्य म्याद, मूल्यसूची, गुणस्तर चिन्ह तथा लेबलिङ सम्बन्धी जानकारी प्रदान गरिएको थियो।
प्रशिक्षणका क्रममा बजारमा पाइने खाद्यान्न तथा अन्य सामग्री खरिद गर्दा उत्पादन मिति र म्याद समाप्त हुने समय अनिवार्य रुपमा हेर्नुपर्ने, बताइएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुलाई सचेत उपभोक्ता बन्न प्रेरित गर्दै विद्यालय तहबाटै उपभोक्ता शिक्षा आवश्यक रहेको बताइएको थियो। विद्यार्थीमार्फत घरपरिवार र समुदायसम्म उपभोक्ता सचेतनाको सन्देश फैलाउने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ। कर्यक्रममा १४० जाा भन्दा बढिको सहभागीता रहेको थियो ।








